एसकेएम पार्टीको १२औं स्थापना दिवस तयारीलाई लिएर सभा सम्पन्न

IMG-20240121-WA0249.jpg

गान्तोक: राज्यको सत्तारूढ़ दल सिक्किम क्रान्तिकारी मोर्चाको १२औं स्थापना दिवसलाई लिएर आज रम्फूमा एक समन्वय बैठक सम्पन्न भयो। आगामी ४ फरवरीको दिन रम्फू खेल मैदानमा आयोजन हुने एसकेएम पार्टीको स्थापना दिवस कार्यक्रमको समन्वय बैठकमा आज क्षेत्र विधायक एवं राज्यका शहरी विकास विभागीय मन्त्री एलबी दास, जिल्ला पञ्चायत सदस्यगण, रम्फू नगर पञ्चायतका सभापति, उप-सभापति लगायत अन्य सदस्यहरू, एसकेएम समष्टि स्तरीय समितिका अध्यक्ष, उपाध्यक्ष, महासचिव, १८ पश्चिम पाण्डाम समष्टिभरिका वार्ड स्तरीय समितिका प्रतिनिधिको उपस्थिति रहेको थियो।

क्षेत्र विधायक एवं मन्त्री एलबी दासको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी ४ फरवरीको दिन आयोजन हुने स्थापना दिवस कार्यक्रमलाई भव्यताको साथ सफल पार्न विविध विषयबारे व्यापक छलफल गरियो। योसँगै हालैका दिनहरूमा जनतालाई उपलब्ध गराइने विभिन्न सरकारी योजनाहरूबारे पनि कार्यक्रममा चर्चा गरियो।

बैठकलाई सम्बोधन गर्दै मन्त्री एलबी दासले पार्टीका प्रतिनिधिहरू अनि पञ्चायत सदस्यहरूमाझ आपसी समन्वय बनाएर ईमान्दारितापूर्वक र अनुशासनात्मक ढंगमा जनकार्य गर्नुपर्ने सुझाउ दिए। पार्टीका कार्यकर्ता अनि समर्थकहरूमाझ कार्य संस्कृति अझ उत्तम गरेर लैजान आह्वान गरे। पार्टीको १२औं स्थापना दिवस कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन प्रत्येक तहबाट समर्पित भएर जिम्मेवारी वहन गर्नुपर्ने मन्त्री दासले उपस्थित सबैलाई थप आह्वान गरे। समष्टि स्तरीय समितिका अध्यक्ष लगायत अन्य वक्ताहरूले पनि बैठकमा १२औं स्थापना दिवसलाई कसरी सफल पार्न सकिन्छ भन्नेबारे आ-आफ्नो मत प्रकट गरे। आजको बैठकमा कार्य वितरणबारे पनि चर्चा गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement