देशका पूर्व विदेश सचिव एंव पूर्व जी २० का प्रमुख संयोजक हर्षवर्धन श्रृङ्लाद्वारा चोपड़ा क्षेत्रको भ्रमण

IMG-20240121-WA0229.jpg

दार्जीलिङ: दार्जीलिङका भूमिपुत्र अनि देशका पूर्व विदेश सचिव एंव पूर्व जी २० का प्रमुख संयोजक साथै दार्जीलिङ वेलफेयर सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लाले आज दार्जीलिङ लोकसभा अन्तर्गत चोपडा विधान सभा क्षेत्रका विभिन्न चियाबारीका मानिसहरूसँग भेटघाट गरेका छन्। धेरै समय अघिदेखि यस क्षेत्रका मानिसहरूले सोसाइटीका अध्यक्ष हर्षवर्धन श्रृङ्लासँग भेट गर्ने इच्छा जाहेर गरेका थिए भने उनीहरूको इच्छाको सम्मान गर्दै आज अध्यक्ष हर्षवर्धन श्रृखलाले सबै मानिसहरूसँग भेटवार्ता गरेको जानकारी प्राप्त भएको छ। यस अवधि उनले नानीहरूलाई मिठाई साथै कम्बलहरू पनि वितरण गरे। धेरै वर्षदेखि यस क्षेत्रमा रहेका चियाबारीका श्रमिकहरूको अवस्था एकदमै नाजुक रहेको छ। खानेपानी, स्कूल, बिजुली बत्तीदेखि लिएर धेरै विषयमा समस्या रहेको पनि जानकारी लिँदै अध्यक्ष श्रृङ्लाले भविष्यका दिनहरूमा पनि सहयोग साथै समस्याको समाधान गर्न कोशिष गर्ने बताए। यसको साथै भोलि अयोध्यामा भगवान् श्री रामललाको प्राण प्रतिष्ठा हुन गईरहेको छ अनि यसमा दार्जीलिङ पहाड़का मानिसहरूले पनि आ-आफ्नो घरमा दियो जलाएर श्री रामको महिमा गाइदिने भन्दै सम्पूर्णमा यस पावन अवसरको शुभकामना पनि उनले व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement