अग्नि पिढीत परिवारसँग हाम्रो पार्टीको टोलीद्वारा भेटघाट

IMG-20240121-WA0225.jpg

दार्जीलिङ: अग्नि पिढीत परिवारसँग हाम्रो पार्टीको टोलीद्वारा भेटघाट गरेको छ। सुखे समष्टि अन्तर्गत पुलुङदुङ बस्तीको प्रधान गाउँ निवासी लेङजुमा प्रधानको घरमा आगो लाग्दा उनको घर जलेर खरानी भएको थियो।

समाजिक सञ्जाल अनि पार्टी कार्यकर्ताहरूले प्रधान गाउँ निवासी लेङजुमा प्रधानको घरमा आगो लाग्दा जलेर खरानी भएको जानकारी गराएपछि आज बिहान हाम्रो पार्टी दार्जीलिङ महकुमा समिति अध्यक्ष पूरण तामाङको नेतृत्वमा पार्टी कार्यकर्ताहरू अग्नि पिढीत प्रधानको घर पुगे अनि पिढीत परिवारसँग भेट गरेर केही राहत प्रदान गरेका छन्।

यस अवधि हाम्रो पार्टीको वरिष्ठ कार्यकर्ता एंव नगरपार्षद गोपाल परियार, सुकिया समष्टि अध्यक्ष दिनेश राई, उपाध्यक्ष उत्तम राई, नारी शक्तिको समष्टि अध्यक्ष शान्ति राई, लेबोङ बदमताम समष्टि सचिव अदित्य छेत्री आदि सामेल थिए। हाम्रो पार्टीको प्रतिनिधि टोलीले अग्नि पिढीत परिवारहरूको भेटघाटमा सहनुभूति जनाएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement