सांस्कृतिमा आधारित म्युजिक भिडियोको लोकार्पण

IMG-20240121-WA0210.jpg

दार्जीलिङ: स्थानीय गोर्खा रङ्गमञ्च भवन दार्जीलिङमा संगीत आकाशमा कालजयी गीतहरू पस्कन्दै आउने कलाकारद्वय गायक शंकर गुरुङ अनि गायिका हिरा रसाइलीको स्वरमा आधारित दार्जीलिङको जातीय संस्कृति र परम्परालाई अजर अमर बनाउने क्रममा लोक गीत आकाशैको झिलिमिली तारालाई म्युजिक भिडियोमा आबद्ध गरेर वरिष्ठ कलाकारहरूको उपस्थितिमा सार्वजनिक गरिएको छ।
पलाश वर्मनद्वारा सन्चालन गरिएको उक्त कार्यक्रम चन्दन लमलेज, किरण मोक्तान, हीरा रसाईली, शंकर गुरूङ, सुनील राई, प्रदीप छेत्रीलगायत अन्य प्रतिष्ठित कलाकारहरूको विशेष उपस्थितिमा सम्पन्न गरियो। दार्जीलिङ पहाडको संगीत जगतका एक इतिहास पुरुष मानधोज गुरुङको शब्द अनि संगीतमा आधारित यस गीतलाई संगीत संयोजक सुरेन वर्मद्वारा संगीत संयोजन गरिएको छ भने यस गीतलाई जीवन्त प्रदान गर्दै कलाकार नवीन ओम लम्जेलद्वारा छायामन अनि सम्पादन गरिएको छ। नृत्यकार सबिना सिंह शेर्पाको नृत्य निर्देशनमा आधारित यस सांगीतिक सौगातमा कलाकारहरू क्रमैले सबिना सिंह शेर्पा लगायत बबिना राई, अविना गुरुङ, प्रकृति राई, रिमा राई, रिमा गुरुङ, मुस्कान थापा अनि निगम राईले नृत्य प्रस्तुत गरेका छन्। यस कार्यक्रममा दार्जीलिङका वरिष्ठ कलाकारहरू क्रमैले शंकर गुरुङ, हीरा रसाईली, चन्दन लम्जेल, किरण मोक्तान, शिबु गहतराज, प्रदीप क्षेत्री, सुनिल राईलगायत अन्य कलाकारहरूको उपस्थितिमा यस म्युजिक भिडियोको सार्वजनिक गरिएको छ भने गायक शंकर गुरूङद्वारा उक्त म्युजिक भिडियो लोकार्पण भएको घोषणा गरिएपछि प्रोजेक्टरद्वारा भिडियो प्रसारित गरियो। कार्यक्रमलाई सम्बोधनमा राख्दै हीरा रसाईली, शंकर गुरूङ अनि चन्दन लमजेलले सम्पूर्ण कलाकार अनि सहयोगीहरूप्रति आभार अनि बधाई टक्र्याउँदै आजपर्यन्त यस गीतलाई केवल अडियोद्वारा सुनिने गरिन्थ्यो भने आज आएर यस गीतलाई दृश्यमा पनि न्यू इमेज यू ट्यूब च्यानलबाट हेर्न सकिने र यसको निम्ति सबैले सहयोग गरिदिने निवेदन पनि गरेका छन् यसको साथै शिबु गहतराजले आफ्नो सम्बोधन राख्दै यसरी सूचना एवं सांस्कृतिक विभागका कलाकारहरूले यसरी कार्यक्रम गरेवापत् खुशी व्यक्त गर्दै सम्पूर्ण कलाकारहरूको प्रयासलाई सबैले यू ट्यूब च्यानलबाट म्युजिक भिडियो हेरेर सब्सक्राइब, लाइक अनि शेयर गरिदिने निवेदन गरे। कार्यक्रमको अन्त्यमा पलाश वर्मनले सबैलाई आभार व्यक्त गरेपछि सबिता सिहं शेर्पाले कार्यक्रमलाई सफलीभूत तुल्याएकोमा सबैलाई आभार प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement