काेलकाता: सोमवार २२ जनवरी अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको दिन देशका विभिन्न राज्यहरूले छुट्टी घोषणा गरेको छ। धेरै ठूला संस्थानहरूमा पनि छुट्टी रहनेछ। यसलाई लिएर बंगाल भाजपाले पनि राज्यमा छुट्टीको माग गरेको थियो, तर सरकारले कुनै प्रतिक्रिया दिएको छैन।
यस बिच राम मन्दिर उद्घाटनको बंगालमा छुट्टी नरहने स्पष्ट भएको छ। राज्य सचिवालयका एक अधिकारीले छुट्टीको बारेमा कुनै निर्देश प्राप्त नभएको बताएका छन्।
प्रदेश भाजपा अध्यक्ष सुकान्त मजूमदारले हालैमा बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्र पठाएर भोलि छुट्टी घोषित गर्न माग गरेका थिए। पत्र पाएपछि ममताले कुनै प्रतिक्रिया दिएकी छैनन्। नवान्न सूत्रहरू अनुसार, राज्यमा त्यस दिन पूरा अथवा आधा दिनको छुट्टी कुनै योजना छैन।
शनिवार कोलकाता नगर निगमका मेयर एवं राज्यका एक दिग्गज मन्त्री फिरहाद हकीमले पनि यस्तै संकेत दिएका छन्। उनले देशमा हरेक दिन कुनै मन्दिर, मस्जिद अथवा चर्चको उद्घाटन भइरहन्छ भन्दै के त्यस दिन छुट्टी दिनु पर्ने हो भनी प्रश्न गरेका थिए। जनसाधारणमा मन्दिर अथवा कुनै पनि विषयलाई लिएर कुनै उत्साह नरहेको पनि उनले बताएका थिए।