माथाभाङ्गामा भाजपा पार्टी कार्यालय अघि १३ वटा जिउँदो बम उद्धार

IMG-20240121-WA0174.jpg

कोचबिहार: माथाभाङ्गा ३ ब्लकको घोकसाडाङ्गाको लतापाता इलाकामा भाजपा पार्टी कार्यालय अघि २ वटा झोलाबाट १३ वटा जिउँदो बम उद्धार भएजो छ।यस घटनापछि इलाकामा आतङ्क मच्चियो। भाजपा पार्टी कार्यालय अघि बम उद्धार भएको खबर पाएपछि घोकसाडाङ्गा थाना पुलिस घटनास्थलमा पुगेर उक्त बम उद्धार गरेको छ। तृणमूलको आरोप अनुसार २२ जनवरीमा सम्प्रति यात्रालाई रोक्नको लागि भाजपाले यस प्रकारको कार्य गरेको हो।

अर्कोतिर, इलाकामा आतङ्कको माहौल उत्पन्न गर्ने उद्देश्यले तृणमूल कङ्ग्रेसले भाजपाको पार्टी कार्यालय अघि बम राखेको भाजपाले दावी गरेको छ।

About Author

Advertisement