ईंग्लिश प्रीमियर लीगःजीतको लयमा फर्किन सफल आर्सनल

IMG-20240121-WA0105.jpg

लण्डन, २१ जनवरीः ईंग्लिश प्रीमियर लीग (ईपीएल) फूटबल प्रतियोगितामा खिताब जित्ने होड़मा सामेल आर्सनलले गत तीनवटा म्याचमा निराशाजनक परिणामपछि अन्तमा गएर जीतको स्वाद चाख्यो। शनिवार राति खेलिएको म्याचमा आर्सनलले क्रिस्टल प्यालेसलाई ५-०-ले पिट्यो। आफ्नो होम ग्राउण्ड एमिरेट्स स्टेडियममा ६१ प्रतिशत पोजेशनको साथ खेल्ने आर्सनलबाट गेब्रिएल मार्टिनेल्लीले २ गोल गरे। उनले दुवै गोल म्याच सकिन ठिक अघि इञ्ज्युरी टाइमको चौथो र पाँचौं मिनटमा गरे। यसबाहेक गेब्रिएल मागालहासले ११औं र लिआण्ड्रो ट्रोसार्डले ५९औं मिनटमा गोल गरे। एउटा गोल आत्मघाती (डीन हेण्डरसन, ३७औं मिनट) रह्यो। यस एकतर्फी जीतको साथ आर्सनल २१ वटा म्याचमा ४३ पोइण्ट्सको साथ प्रीमियर लीग पोइण्ट्स टेबलको तेस्रो स्थानमा रहन पुग्यो। यसरी अन्य एउटा रोमाञ्चक म्याचमा ब्रेण्टफोर्डले नटिंघम फरेष्टलाई ३-२-ले पराजित गऱ्यो। विजेता टीमबाट इवान टोनेले १९औं, बेन मी-ले ५८औं र नील माउपेले ६८औं मिनटमा गोल गरे। यसरी नटिंघम फरेष्टबाट डानिलोले तेस्रो र क्रिस वूडले ६५औं मिनटमा गोल गरे। ब्रेण्टफोर्ड २० वटा म्याचमा २२ पोइण्ट्सको साथ १४औं स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement