टेस्ट सीरीज अघि भारतलाई हुसैनको चेताउनी

IMG-20240121-WA0113.jpg

लण्डन, २१ जनवरीः ईंग्ल्याण्ड विरुद्ध यस महिना शुरु हुने पाँचवटा टेस्ट म्याचको सीरीजमा आयोजक भारतको पल्ला भारी रहने भए पनि पूर्व कप्तान नासिर हुसैनले ईंग्ल्याण्डको टीमलाई हल्कामा लिए ठूलो गल्ती हुने चेताउनी दिएका छन्, जसले बेजबल रणनीतिको साथ गत केही सालमा व्यापक सफलता हासिल गरेको छ। ईंग्ल्याण्डले बेजबल शैली अप्नाएपछि एउटा पनि टेस्ट सीरीज गुमाएको छैन। यसरी भारतले पनि २०१२-१३ पछि आफ्नो माटोमा कुनै सीरीज गुमाएको छैन। ईंग्ल्याण्डका पूर्व कप्तान हुसैनले भने, भारतको पल्ला भारी रहनेछ तर ब्रेण्डन म्याक्कुलम र बेन स्टोक्सको असाधारण रेकर्ड रहेको छ। यस टीमलाई हल्कामा लिए ठूलो गल्ती हुनेछ।
हुसैनले अझ भने, बेजबल रणनीतिको साथ ईंग्ल्याण्डलाई निक्कै सफलता हासिल भएको छ तर भारत या अष्ट्रेलियामा उनीहरूले सबैभन्दा कठिन चुनौतीको सामना गर्नु पर्नेछ। यो एउटा रोमाञ्चक सीरीज हुनेछ। विश्वका दुई सर्वश्रेष्ठ टीमबीच मैदानमा लड़ाइँ हेर्नु रोचक हुनेछ। पारम्परिक रूपले स्पिनरहरूलाई सहायता पुऱ्याउने भारतीय पीचहरूमा स्पिन बलरहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछन्। यसरी ईंग्ल्याण्डका पूर्व कप्तान माइकल अथर्टनको भनाइअनुसार, भारतीय स्पिनहरूसँग विविधता रहेको छ। यसबाहेक उनीहरूसँग असल पेस आक्रमण पनि रहेको छ। ईंग्ल्याण्डका ब्याटरहरू समक्ष रविन्द्र जडेजा, रविचन्द्रन अश्विन र अक्षर पटेलले कठिन चुनौती पेश गर्नेछन्। चुनौती कठिन रहे पनि ईंग्ल्याण्डको नयाँ पीढ़ीमा असम्भवलाई सम्भव बनाउने क्षमता रहेको छ। ईंग्ल्याण्ड टीममा पनि ज्याक लीच जस्ता स्तरीय स्पिनर छन्। उनको साथमा टम हार्टली, शोएब बशीर र रेहान अहमद पनि रहनेछन्। यसैकारण आउँदो सीरीज रोचक हुने तय छ।

About Author

Advertisement