उत्तरबंगालमा जाडोको कहर जारी

IMG-20240121-WA0116.jpg

पूरा जलपाइगडी सहर कुहिरोले छोपेको स्थिति

जलपाईगुडी। उत्तरबंगालमा जाडोको प्रकोप जारी छ। आइतबार, उत्तरबंगाल सहित सम्पूर्ण जलपाइगडी जिल्ला कुहिरोले ढाकेको थियो भने चिसो हावाले झन ठन्डा चरममा रहेको छ। जलपाइगडीको न्यूनतम तापक्रम विगत केही दिनदेखि ९ देखि १० डिग्रीको आसपास रहेको छ भने विहानैदेखि घाम देखिएको छैन। आइतबारको बिदामा कुहिरोका कारण जनजीवन प्रभावित हुनु स्वभाविक हो। चिसोसँगै कुहिरो पनि बढिरहेको छ। एकातिर गाउँघरका विभिन्न क्षेत्र वा सडकमा कुहिरोले गर्दा केही नदेखिने स्थिति रहेको देखिएको छ भने अर्कोतिर चिया पसलमा विहानैदेखि मानिसको भीड लागेको देखियो।
सोमबार जलपाइगडीमा न्यूनतम तापमान १०.० डिग्री सेल्सियस थियो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अधिकतम तापक्रम २४ दशमलव १ डिग्री सेल्सियस रहने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement