तेस्रो व्याचका पोलिङ अधिकारीहरूलाई लिएर प्रशिक्षण कार्यक्रम सम्पन्न

IMG-20240120-WA0222.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा चुनाउलाई लिएर तेस्रो ब्याचका पोलिङ अधिकारीहरूलाई लिएर पहिलो प्रशिक्षण सभा पाकिम जिल्ला अन्तर्गत रूरबन कम्पलेक्समा सम्पन्न भयो। नयाँ ब्याचका पोलिङ अधिकारीहरूलाई लिएर अगावै प्रशिक्षण प्रदान गरिसकेको छ। यस अवसरमा वन विभागका अतिरिक्त सचिव अभिनाष राई, अतिरिक्त जिल्लापाल धिराज सुवेदीले पोलिङ अधिकारीहरूलाई लिएर सैद्धान्तिक प्रशिक्षण प्रदान गरे। यस प्रकारको तालिमले मतदान दल र निर्वाचन दिनको व्यवस्थालाई सञ्चालन गर्ने नियमबारेमा धेरै सहयोग प्रदान गर्ने भएको छ। उक्त अवसरमा इभीएम प्रशासन सम्बन्धी थ्योरी क्लास र इलेक्ट्रोनिक भोटिङ मशिन र भोटर भेरिफायेबल पेपर अडिट ट्रेल सम्बन्धी तालिम प्रदान गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पाकिम जिल्लाका जिल्लापाल टाशी छोपेलले प्रशिणार्थीहरूलाई प्रशिक्षण कार्यक्रममा ध्यान दिनुपर्ने बताउँदै चुनाउमा सबै अधिकारीहरूको अहंम भूमिका हुने अवगत गराए। यसरी नै आगामी दिनहरूलाई प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर निरन्तर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement