भनिन्: राम मन्दिरको नाममा भाजपाले राजनीति गरिरहेको छ
कोचबिहारः कोचबिहार जिल्ला महिला तृणमूल कांग्रेसको तर्फबाट रवीन्द्र भवनमा संयुक्त शपथ ग्रहण समारोह आयोजित गरिएको थियो। यस अवसरमा महिला तृणमूल कांग्रेसकी प्रदेश अध्यक्ष चन्द्रिमा भट्टाचार्य उपस्थित थिइन्। उनले केन्द्र सरकारले बंगाललाई वञ्चित गर्ने, सय दिनको कामको पैसा नदिने, बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जी र महिलाको अपमान गर्ने लगायतका विषयमा केन्द्र सरकारमाथि हमला गरे।
कोचबिहार जिल्ला तृणमूल महिला कांग्रेसको संयुक्त सपथ ग्रहण समारोहमा पत्रकारहरूसँग कुरा गर्दै चन्द्रिमा भट्टाचार्यले भाजपाले राम मन्दिरको नाममा राजनीति गरिरहेको बताइन्। बंगालका जनताले सबै कुरा बुझेका छन् र यसको जवाफ लोकसभा चुनावमा दिनेछन्।