देवकुमार खाती स्मृति नक्आउट फूटबलः रकमजोत नक्सल विजयी

२७ जुलाईः बन्दाखेती स्पोर्टिंग क्लब (बीएससी)-को तत्त्वावधानमा आयोजित देवकुमार खाती स्मृति नक्आउट फूटबल टुर्नामेण्टमा बुधवार रकमजोत नक्सल सजिलै विजयी भयो। लंगभ्यू बन्दाखेती खेल मैदानमा आज भएको म्याचमा रकमजोत नक्सलले लिम्बु बस्ती एफसीलाई ४-०-ले पराजित गऱ्यो। टुर्नामेण्टका दुईवटा सेमिफाइनल २७ र २८ अगस्तमा खेलिनेछ। फाइनल ४ सेप्टेम्बरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई ट्रफीको साथमा ८० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी आयोजक समितिको पक्षमा दीपराज तामाङले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement