एसकेएम पार्टीको १२औं स्थापना दिवस तयारीलाई लिएर समन्वय सभा सम्पन्न

IMG-20240119-WA0247.jpg

गान्तोक: आगामी ४ फरवरीमा सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले आफ्नो स्थापना दिवस भव्य रूपमा पालन गर्ने भएको छ। उक्त कार्यक्रम तयारीलाई लिएर दोस्रो समीक्षा बैठक आज पाकिम जिल्ला अन्तर्गत रम्फूस्थित पर्यटन सुविधा केन्द्रको प्रेक्षागृहमा सम्पन्न भयो। आगामी १२औँ स्थापना दिवसलाई सफल बनाउनेबारे सभामा छलफल गरियो। यस अवसरमा मन्त्रीहरूको नेतृत्वमा टोलीको गठन गरेर जिम्मेवार हस्तान्तरण गर्ने काम पनि भयो। यसपालीको पार्टी स्थापना दिवस चुनावी सङ्घारमा भएकाले यसलाई सर्ववृहत रूपमा मनाउनुपर्ने निर्णयका साथ रम्फू मैदानलाई कार्यक्रम स्थलका रूपमा तय गरिएको छ।

आज सम्पन्न शीर्ष समन्वय बैठकको अध्यक्षता पार्टीका सेक्रेटरी जेनरल तथा सिक्किम विधानसभा अध्यक्ष अरुण उप्रेतीले अध्यक्षता गरेका थिए। अध्यक्ष उप्रेतीले यसपालीको स्थापना दिवसलाई सबैको समन्वयमा सफल बनाउनुपर्ने विचार राख्दै सबै कार्यकर्ताले अघि आएर समान दायित्व निर्वाह गर्न आग्रह गरे। कार्यक्रममा उपस्थित शीर्ष व्यक्तित्वहरूले आ-आफ्नो विचार, अवधाणा साझा गर्दै विभिन्न सल्लाह अनि सुझाव पनि दिए। बैठकमा मन्त्रीहरू कुङ्गा निमा लेप्चा, एलबी दास, लोकनाथ शर्मा, एमएन शेर्पा, कर्म लोडे भूटिया, सञ्जित खरेल, विष्णुकुमार खतिवड़ा, विधायक सुनिता गजमेर, जीटी ढुङ्ग्याल, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement