पार्लेमेन्ट्री स्टयाण्डिङ कमिटीका प्रतिनिधिहरूले गरे वागवाणी विभागका अधिकारीसँग अन्तक्रिया

281937094_338998265004164_5102839895247487527_n.jpg

गान्तोक। पार्लेमेन्ट्री स्टयाण्डिङ कमिटीका अध्यक्ष एवम लोकसभा सांसद पीसी गड्डीगौदरको नेतृत्वमा तीन दिवसीय सिक्किम भ्रमणमा आएका १३ जना को टोलीले राज्यको विभिन्न स्थानको भ्रमण गरे। सिक्किम भ्रमणमा आएको उक्त टोलीले आज राज्यका वागवाणी विभागका अधिकारीहरूसँग कृषि, पशुपालन, वागवाणी र फुड प्रोसेसिङबारे चर्चा परिचर्चा गरेको अध्यक्ष पीसी गड्डीगौदरले जानकारी गराए। यसरी नै उनले जानकारी गराए अनुसार आज नै अपरान्ह् उक्त टोलीले पाकिमको अर्किड सेन्ट्रको निरीक्षण गर्ने भएका छन् भने भोलि शनिबार जैविक उत्पादनमाथि कृषि विभागका अधिकारीहरूलाई लिएर छलफल गर्ने भएको छ। यस अवसरमा वागवाणी विभागका सचिव बीबी सुब्बाले हिजो मात्र सिक्किम आइपुगेका १३ जना पार्लीमेन्ट्री स्टयाण्डीङ कमिटिकी सद्स्यहरूले विभिन्न क्षेत्रको भ्रमण गरेक केन्द्र सरकारालई भ्रमणको रिपोर्ट बुजाउने जानकारी गराए। विशेष गरेर सिक्किम राज्यमा खेती उत्पादन गर्नमा देखापरेको चुनौती र समस्याबारे गहन अध्ययन गरेपछि यसको विस्तृत जानकारी सम्वन्धित निकायलाई गराउने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement