मणिपुरमा भारी मात्रामा हतियार र गोला बारूद बरामद

nat-1

इम्फालः मणिपुरमा लगातार हतियार र गोला बारूद्ध बरामद गरिॅंदैछ। यसै क्रममा मणिपुर पुलिस, मणिपुर राइफल्स, असम राइफल्स, बीएसएफ र भारतीय सेनाले चलाइरहेको अभियानमा भारी मात्रामा हतियार र गोला बारूद बरामद गरिएका छन्। मणिपुर पुलिसले आज दिएको जानकारी अनुसार, राज्यको चुराचान्दपुर जिल्लाबाट एउटा घातक राइफल र एउटा खाली म्यागजिन बरामद गरिएको छ।

यसरी नै काकचिङ जिल्लाबाट तीन ५१ मिमी मोर्टार जिउॅंदो गोला, चार ३६ एचई ग्रेनेड, एउटा चीनी ग्रेनेड, एउटा हरियो रंगको धुॅंगा ग्रेनेड र एउटा ५१ मोर्टार कभर बरामद गरिएका छन्। भारत म्यान्मार सीमास्थित मोरेह र अन्य छेउछाउका जिल्लाहरूमा सुरक्षा बलहरूको छापामारी अभियान जारी रहेको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement