खरसाङ: खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूको १० वटा स्वनिर्भर दलहरूलाई बाख्राहरू वितरण गरिएको छ। खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधान र सहकारी सभापति नारायण थापाको बाहुलीबाट खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूका १० वटा स्वनिर्भर दलहरूलाई स्वनिर्भर बनाउन बाख्राहरू वितरण गरिएको छ। यस बाख्रा वितरण कार्यमा खरसाङ खण्डको बीएलडीओ पनि उपस्थित रहेका थिए। यसको साथै खरसाङ खण्डबाट भविष्यमा पनि विभिन्न सहुलियतहरू वितरण गरिने भएको छ। भविष्यमा कृषकहरूका लागि बाख्रा पालनको लागि बाख्राहरू, गाई, कुखुरा, सुंगुर पमि वितरण गरेर कृषकहरूको आर्थिक उन्नति गराउनलाई सहयोग गरिने भएको जानकारी प्राप्त भएको छ।