कांग्रेसको भारत जोड़ो न्याय यात्रामा सामेल हुनलाई लिएर तृणमूलमा अन्योलता

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः विपक्षी गठबन्धन इन्डीमा लोकसभा चुनाउअघि सीटहरूको विभाजनलाई लिएर जारी घमासानको कारण तृणमूलले कुनै फसेला लिन सकिरहेको छैन। पार्टीले एक पल्ट फेरि स्पष्ट गरेको छ, पार्टी २५ जनवरीमा राहुल गान्धी नेतृत्व भारत जोड़ो न्याय यात्रामा सामेल हुनेछ वा छैन, यो तय गरेको छैन। तृणमूलका एक वरिष्ठ नेता अनुसार, यात्रामा सामेल हुने फसेला अहिले बाकी छ। हामीले कांग्रेसबाट औपचारिक निमन्त्रण पनि पाएका छैनौं। हामीले जस्तै निमन्त्रण पाउनेछौं, हामी आफ्नो निर्णयको घोषणा गर्नेछौं।

तृणमूल प्रमुख ममता ब्यानर्जीको शुक्रवार साझँ मुर्शिदाबाद जिल्लामा हुने पार्टीको सांगठनात्मक बैठकमा यस मामिला स्पष्ट स्थिति अघि आउनसक्छ। ब्यानर्जी सहित तृणमूलका नेताहरूले भने, यो उनको पार्टी हो, जसले पश्चिम बंगालमा भाजपाको सामना गरिरहेछ। पार्टीका प्रवक्ता कुणाल घोषले भने, यो ममता ब्यानर्जी र अभिषेक ब्यानर्जी नेतृत्वमा तृणमूल कांग्रेस नै हो, जसले २०२१ बंगालमा भाजपालाई पराजित गर्नसक्छ भनी प्रमाणित गऱ्यो। राज्यमा वरिष्ठ कांग्रेस नेता प्रदीप भट्टाचार्यले भने, तणमूललाई यस कार्य़क्रममा सामेल हुनुपर्छ किनभने यसबाट विपक्षी गठभन्धन इन्डीको पक्षमा एक सकारात्मक सन्देश जानेछ।

-हिस

About Author

Advertisement