चितुवा खोरमा थुनिए

b8117f30-3df9-48c7-a717-60dcfb1e4888


जलपाइगढीः बानरहाटको मुगलकाटा चिया बगानको खण्ड ३५ र ३६ को बीचमा वन विभागले राखेको खोरमा शुक्रबार बिहान चितुवा थुनुवामा पऱ्यो।आज बिहान चिया बगानका मजदुरहरूले चितुवाको गर्जना सुने, गर्जन सुनेपछि उनीहरूले आएर हेर्दा खोरमा चितुवा फसेको देखे।
यो जानकारी बिन्नागढी वन्यजन्तु शाखालाई दिइएको थियो। वन विभागका कर्मचारी आएर त्यहाँबाट चितुवाको उद्धार गरेका थिए। केही दिनअघि चितुवाको आक्रमणबाट एक गाई घाइते भएका थिए। यसपछि सम्पूर्ण क्षेत्रमा आतंक फैलियो । त्यसपछि स्थानीयवासीले वन विभागलाई पिञ्जरा जडान गर्न आग्रह गरेका थिए। गत मंगलबार स्थानीयको आग्रहमा विन्नागढी वन्यजन्तु शाखाका कर्मचारीले सो क्षेत्रमा खोर राखेका थिए। खोरमा चितुवा कैद भएपछि स्थानीयवासीले राहत पाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement