जीटीए प्रमुख अनित थापाले गरे श्री श्री सातकन्या देवी माँ कत्यायमी धाममा पक्का बाटोको शिलान्यास

IMG-20240119-WA0172.jpg

खरसाङ: आज खरसाङ २९ नम्बर समष्टि अन्तर्गत उजेरी बस्तीमा श्री श्री सातकन्या देवी माँ कत्यायमी धाम साथै क्याम्प् साइड अनि उजेरी बस्तीसम्म पुग्ने पक्का सड़कको जीटीएका प्रमुख कार्यपाल अनित थापाले विधिवत शिलान्यास गरे। उक्त शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए प्रमुख अनित थापाले भने, “भक्तजन अनि हामी सबैको चाहनाको बाटो हो यो। यो स्थान पूजा गर्ने ठाउँ हो। हाम्रो आस्था सँग जोडिएको ठाउँ हो। हामी सबैको चाहना, सबैको प्रयासमा पूरा भएको छ। अब यो कार्यलाई सबैले मिलेर फत्ते पनि गर्नु पर्नेछ। सरकारले दिएको पैसा हो। यसमाथि गाउँवासीले पनि आफ्नो समय अनि अन्य योगदान दिनु भयो भने बाटो झन राम्रो बनेर जानेछ। माताको आशिष खरसाङ वासीमा रहोस्।”

शिलान्यास कार्यक्रममा गाउँका वासिन्दा, खरसाङका गन्यमान्य व्यक्तित्व अनि श्रद्धालुहरूको उपस्थिति रहेको थियो।

About Author

Advertisement