जोरथाङमा विराट साहित्यिक कार्यक्रम

IMG-20240118-WA0232.jpg

नारी चेतनाबारे चर्चा, निर्देशक तुलसी घिमिरे सम्मानित

जोरथाङ: साहित्य अकादमी, नयाँ दिल्ली र सृजनशील साहित्य लेखन मञ्च, जोरथाङको संयुक्त आयोजनामा जोरथाङको सामुदायिक भवनमा एक दिवसीय साहित्यिक कार्यक्रम सम्पन्न भयो। तीन चरणमा विभाजित कार्यक्रमको पहिलो चरणमा ‘साहित्य मञ्च’, दोस्रो चरणमा ‘नारी चेतना’ अनि तेस्रो चरणमा “व्यक्ति अनि कृति : तुलसी घिमिरेसँग” कार्यक्रम सम्पन्न भएको थियो। नेपाली भाषा परामर्श समितिका सदस्य सुवास सोताङको स्वागत वक्तव्यबाट सुरु भएको कार्यक्रमको पहिलो चरणमा सम्पन्न ‘साहित्य मञ्च’ कार्यक्रममा कवि रवि रोदन, आदर्शमिलन प्रधान र सेसिल मुखियालगायत सिक्किमका अन्य छजना कविहरू अमन अग्रवाल, श्याम राई, विकास खाती, विश्वजीत बास्कोटा, राजेन्द्र भण्डारी र गंगाबहादुर कटुवालले कविता वाचन गरेका थिए। सृजनशील साहित्य लेखन मञ्चका संरक्षक टीका गुरुङको अध्यक्षतामा सम्पन्न भएको यस चरणको कार्यक्रममा विशिष्ट अतिथिका रूपमा नेपाली सांस्कृतिक संस्थान, जोरथाङका अध्यक्ष विरेनचन्द्र राई, वरिष्ठ समाजसेवी केवलप्रसाद शर्मा, वरिष्ठ साहित्यकार थीरुप्रसाद नेपाल र नाटककार विक्रम गौतम उपस्थित रहेका थिए। दोस्रो चरणमा नारी चेतना’ कार्यक्रममा कवयत्रीहरू क्रमैले सुधा एम. राई, पवित्र लामा, निर्दोशिका तामाङ र तारमित लेप्चालगायत स्थानीय तीनजना कवयत्रीहरू सर्वणीम गुरुङ, पूजा गुप्ता र मेरीहाङ सुब्बाले कविता पाठ गरेका थिए। यस सत्रलाई सृजनशील साहित्य लेखन मञ्चकी अध्यक्ष रजनी पेगाले अध्यक्षता गरेकी थिइन्। साहित्य अकादमीको सहकार्यमा नारी चेतनामाथि राखिएको कार्यक्रम र नारी चेतमाथि राखिएका कविताले समाजमा नारीहरु शक्तिशाली रहेको र समाजमा नारीको विशेष महत्व रहेको बताइन्। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा उपस्थित रहेका नेपाली चलचित्र जगतका प्रसिद्ध हस्ती निर्देशक, अभिनेता तुलसी घिमिरेले ‘व्यक्ति अनि कृति’ कार्यक्रममा भाग लिन मुम्बईबाट जोरथाङ् आइपुगेका थिए। साहित्य अकादमीद्वारा अन्तरविषयक क्षेत्रका हस्तीहरूलाई निम्ताएर उनीहरूको व्याख्यान सुन्ने ‘व्यक्ति अनि कृति’ कार्यक्रमअन्तर्गत तुलसी घिमिरेलाई निम्ताइएको थियो। नेपाली सिनेमाको चर्चामा उनले सिनेमा निर्माणमा कलाकारहरुसितको आफ्ना रोचक र मिठा अनुभवहरु साझा गरे। साहित्यले विचार बोक्छ र भाषाहरुको अभिव्यक्तिपछि साहित्यले बोकेको विचारलाई सिनेमाले कलाको माध्यमबाट अझ खुलेर अभिव्यक्त गर्ने व्यक्त गरे। तक्निकी भाषामा र कलात्मक शैली र अभिनयबाट यस विचारलाई व्यक्त गरिनु गाह्रो भए तापनि सिनेमाले श्रोताहरुमा त्यो विचार प्रेषित गर्ने काम धेरथोर सिनेमाले गर्ने उल्लेख गरे। साहित्यबाट आफू कसरी प्रभावित रहे भन्ने बारे व्याख्यान दिए भने दर्शकहरूसँग अन्तरक्रिया पनि गरे। कार्यक्रमको सृजनशील साहित्य लेखन मञ्च, जोरथाङको पक्षबाट तुलसी घिमिरेलाई अभिनन्दन गरिएको थियो भने सहभागी कविहरूलाई तुलसी घिमिरेको हातबाट स्मृति चिन्ह प्रदान गरिएको थियो। यस कार्यक्रमलाई ज्ञानेन्द्र ढकाल र जयन्ती मुखियाले संचालन गरेका थिए भने पीएम राईले धन्यवाद ज्ञापन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *