गान्तोक: गान्तोक जिल्ला अन्तर्गतको विकास भारत संकल्प यात्रा आज खाम्दोङ पुगेको छ। कार्यक्रममा विधायक वाई टी लेप्चा, डीआर थापा, पञ्चायतहरू, बीडीओ र विभागका अधिकारीहरूको उपस्थिति थियो। विकसित भारत संकल्प यात्रा ग्रामीण क्षेत्रहरूमा विशेष ध्यान केन्द्रित गरी योजनाहरूबारे जानकारी गराउऩ जागरूकता जगाउने राष्ट्रव्यापी अभियान हो। विधायक, पञ्चायत र अधिकारीहरूले खाम्दोङ बीएसी अन्तर्गत पर्ने ग्रम पञ्चायतहरुको भ्रमण गरेका थिए। सो अभियानमा केन्द्र सरकारका विभिन्न योजनाको प्रचारप्रसार गर्ने सूचना शिक्षा सञ्चार गर्न मोबाइल भ्यानको प्रयोग गरिएको छ। विधायक डीआर थापाले सम्बोधनमा विकास भारत संकल्प यात्रा अभियान बारे संक्षिप्त जानकारी दिए। उनले आयुष्मान भारत, प्रधान मंत्री उज्ज्वला योजना, प्रधान मंत्री आवास योजना, प्रधान मंत्री किसान सम्मान निधि, प्रधानमन्त्री मुद्रा योजना, प्रधानमन्त्री रोजगार सृजन कार्यक्रम, प्रधान मंत्री जन धन योजना, प्रधान मंत्री जस्ता केही केन्द्रीय योजनाहरूको बारेमा बताए।