प्राण प्रतिष्ठाको दिन मुख्यमन्त्रीको आवास नजिक सीधा प्रसारण, प्रसाद पनि बाँड़िने

IMG-20230410-WA0169-11-300x172-5

कोलकाताः आगामी २२ जनवरीमा अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको भव्य कार्यक्रमको सीधा प्रसारण अब मुख्यमन्त्री ममता ब्यानर्जीको आवास नजिक हुनेछ। कालीघाटको सीएम आवासदेखि थोरै टाढ़ा कालीघाट बहुमुखी सेवा समितिको तर्फबाट यसको प्रसारण गरिनेछ। यसका साथै प्रसाद पनि बाँड़िनेछ। समितिको तर्फबाट बिहिवार यसबारे जानकारी दिइयो।

यस आयोजनका साथै भजन कीर्तनको पनि कार्यक्रम हुनेछ। यसको निम्ति पुलिससित आवेदन गरिएको थियो तर कोलकाता पुलिसले अनुमति दिएको थिएन। समितिका एक सदस्यले भने, न्यायमूर्ति जय सेन गुप्ताको एकल पीठले यसको अनुमति दिएको छ। साथै कार्यक्रमलाई सुरक्षा प्रदान गर्न पनि भनिएको छ।

अयोध्या राम मन्दिरको उद्घाटनको सीधा प्रसारण गर्ने र दक्षिण कोलकाताको देशप्राण ससमल पार्कमा पूजा र कीर्तन आयोजित हुनेछ। भाजपा समर्थित संगठऩले एक अस्थायी मंचको निर्माण गरी पूजा, कीर्तन गर्ने र प्रसाद वितरण गर्ने अनुमति पनि मागेको थियो। न्यायालयले यी आयोजनहरूलाई बिहान ९ बजीदेखि साझँ ६ बजीबीच अनुमति दियो र प्रतिभागीको सीमा 60 जनाभन्दा धेरै नहुने शर्त राख्यो।

पीठले भन्यो, यसैले याचिकाकर्तलाई २२ जनवरीमा देशप्राण ससमल पार्कको एक हिस्सा (लगभग आधा) मा बिहान ९ बजीदेखि ६ बजीसम्म कार्यक्रम आयोजित गर्ने अनुमति दिइन्छ। कार्यक्रममा प्रतिइभागीहरूको संख्या ६० भन्दा धेरै हुनु हुँदैन। यदि आवश्यक भए पुलिस प्राधिकारीले आवश्यक सहायता प्रदान गर्नेछन्। याचिकाकर्ताले ध्वनि उपकरणहरूको उपयोग र अन्य प्रचलित कानूनहरूको सम्बन्धमा आवश्यक मानदण्डको पालन गर्नेछन्।

-हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *