सिक्किमका पूर्व डीएसपी डाने भोटिया कस्तूरीको बिन्द र राजपङ्खीको छाला तस्करीको अभियोगमा सिलगढ़ीमा पक्राउ

IMG-20240119-WA0001.jpg

गान्तोक: सिक्किमको पूर्व डीएसपी तादोङ निवासी डाने भोटियालाई बागडोगरा फरेस्ट रेन्जले कस्तुरीको दुईवटा बिन्द र राजपङ्खीको छालासितै तस्करीको आरोपमा पक्राउ गरेको छ। उनलाई उत्तर बङ्गाल विश्वविद्यालयको गेट नम्बर २ नजिकको एउटा होटलबाट पक्राउ गरिएको हो। वन विभागका कर्मचारीले २० र २५ ग्रामको कस्तुरीको बिना र एउटा राजपङ्खीको छाला जफ्त गरेर वन्यप्राणी संरक्षण ऐनमा मामिला दर्ता गरेको छ। आरोपीले नेपालबाट उक्त वन्यजन्तुको अवैध अवशेष ल्याएर दिल्ली पठाउने प्रयास गरिरहेका थिए भनि वन विभागको सूत्रले बताएका छन्। जफ्त गरिएको सामानको बजार मूल्य २ करोड ६० लाख रूपियाँ रहेको बताइएको छ।

About Author

Advertisement