कालचिनी: कालचिनी खण्डको निमती झोड़ा चियाबारी स्थित निम्न बुनियादी प्राथमिक विद्यालयमा शिक्षकहरू समयमा नआएको र आएको शिक्षकहरू सबै मोबाइल लिएर व्यस्त हुने गरेको गुनासो गर्दै निमती झोड़ा चियाबारीको अभिभावकहरूले कालचिनी स्कूल सर्कल निरीक्षक कहॉं नालिस गरेको थियो| आज अचानक कालचिनी सर्कल निरीक्षक देबाञ्जना चौधरी निमती झोड़ा प्राथमिक विद्यालयको जॉंचमा पुगेकी थिईन| स्कूलमा निरीक्षण गर्न पुगेकी स्कूल सर्कल निरीक्षक देबाञ्जना चौधरी समक्ष स्कूलका अभिभावकहरूले भेटेर शिक्षकहरू विरुद्ध पोल खोलेको थियो|
यता स्कूल सर्कल निरीक्षक देबाञ्जना चौधरीले केही बताउन नचाहे तापनि अभिभावकहरूद्वारा लगाईएको अभियोगको जॉंच गरेर पदक्षेप लिइने जनाएकी छन्| यता अभिभावकहरूले बताए अनुसार निमती झोड़ा चियाबारीको बुनियादी प्राथमिक विद्यालयमा जम्मा ७ जना शिक्षकहरू रहेको ती मध्ये केवल तीन चार शिक्षकहरू स्कूलमा आउने गरेको तर ती शिक्षकहरू पनि पढ़ाउनको सट्टा मोबाइलमा व्यस्त भएर बस्ने गरेको र नपढ़ाई स्कूलबाट घर जाने गरेको र विद्यार्थीहरू मध्यान्ह भोजन खाएर घर फर्कने गरेको एवम् यो अहिलेदेखि होइन धेरै दिनदेखि हुँदै आइरहेको बताईएको छ| यस विरुद्ध अभिभावकहरूले कालचिनी सर्कल निरीक्षक लगायत बीडीओ समक्ष गुनासो गर्दै आइरहेको तर आजसम्म केही समाधान नभएको र आज सर्कल निरीक्षक स्कूलमा निरीक्षण गर्न आइपुगेको बेला अभिभावकहरूले गुनासो गरेको जनाएका छन्|