सिलगढी ब्वाइज हाई स्कूलमा मिसावटयुक्त खाद्य वस्तुको पहिचानका लागि सचेतना शिविर

777b6699-5fb8-4bad-ba6c-a59a7fae9903

सिलगढीः राष्ट्रिय आविष्कार सप्ताहअन्तर्गत समग्र शिक्षा अभियानले विभिन्न विद्यालयमा मिसावटयुक्त खाद्यवस्तु पहिचानका लागि सचेतना शिविर सञ्चालन गर्दै आएको छ। यस अन्तर्गत बिहीबार सिलगढी ब्वाइज हाई स्कूलमा कक्षा ८ देखि ११ सम्मका विद्यार्थीहरूका लागि एक प्रशिक्षण शिविर आयोजना गरिएको थियो। जसमा खाद्य पदार्थमा मिसावटको पहिचानबारे जानकारी दिइएको थियो।
यस शिविरमा विद्यालयका विद्यार्थीहरूलाई मुख्यतः दूधमा मिसावट पत्ता लगाउन तालिम दिइएको थियो। पछि खानामा प्रयोग हुने मसलामा रङको मिश्रण पहिचान गर्ने विधि सिकाइनेछ। शिविरमा शिक्षक रणजय दास, पलाश चक्रवर्ती, राजा वैष्णवको उपस्थिति रहेको थियो। विद्यालयका शिक्षिका कञ्चन तालुकदारले विद्यार्थीलाई मिसावटयुक्त खाद्यवस्तु पहिचान गर्न तालिम दिइरहेका छौँ। यो कार्यक्रम एक हप्ता सम्म चल्ने छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *