‘वाक फर हेल्थ’ भन्ने नाराका साथ दिनहाटाबाट निकालियो पदयात्रा

70f46ced-7bf3-4995-8377-73e7087d220e

कोचबिहारः दिनहाटा स्वास्थ्य मेला कमिटीले बिहीबार दिनहाटामा ‘वाक फर हेल्थ’’ भन्ने नाराका साथ र्‍याली निकाल्यो। दिनहाटा स्वास्थ्य मेला कमिटीको पहलमा बिहीबार बिहान सहरको संहती मैदानबाट पदयात्रा निकालिएको थियो। पदयात्रामा उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहा, उत्तर बङ्गाल राष्ट्रिय परिवहन निगमका चेयरम्यान पार्थप्रतिम रोय, दिनहाटा नगरपालिकाका चेयरम्यान गौरीशंकर महेश्वरी, दिनहाटा जिल्ला अस्पतालका सुपरिटेन्डेन्ट रञ्जित मण्डल, स्वास्थ्य मेला कमिटीका अध्यक्ष डा. विद्युत कमल साहलगायत विशिष्ट व्यक्तिगणको उपस्थिति रहेको थियो। मन्त्री उदयन गुहाले जनतालाई स्वास्थ्यप्रति सचेत गराउन यो पदयात्रा निकालिएको बताए। नियमित शारीरिक व्यायामले मानव शरीर र दिमागलाई पोषण दिने सन्देश पनि तिनले दिए। आगामी २० र २१ जनवरीको दिन दिनहाटा संहती मैदानमा स्वास्थ्य मेला आयोजना हुने बताइएको छ। सो मेलाको उद्घाटन स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री चन्द्रिमा भट्टाचार्यले गर्ने बताइएको छ। उक्त दुई दिने स्वास्थ्य मेलामा कोचबिहार जिल्ला बाहेक उत्तर बंगालका विभिन्न स्थानबाट बाहिरका विशेषज्ञ डाक्टरहरू बिरामीहरूलाई हेर्नको लागि उपस्थित हुनेछन्। बिरामीको स्वास्थ्य परीक्षणका साथै औषधिको पनि व्यवस्था छ। यसका साथै यस स्वास्थ्य मेलामा रगत परीक्षण, ईसीजीलगायत अन्य परीक्षणको पनि व्यवस्था गरिएको छ। स्वास्थ्य मेलाको पहिलो दिन स्वैच्छिक रक्तदान शिविर सञ्चालन हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement