अलिपुरद्वारः एसएसबी १७ वाहिनी फालाकाटाले फालाकाटा मुख्यालयमा डीआईजी शिवदयालको उपस्थितिमा सफ्ट स्किल प्रोग्राम शुरु गऱ्यो। सो अवसरमा एसएसबी १७ वाहिनीका कमान्डेन्ट सञ्जय त्रिपाठीको पनि उपस्थिति रहेको थियो। आगामी ७ दिनसम्म यो प्रोग्राम चल्ने एसएसबी सुत्रले जनाएका छन् भने यसमा लगभग १०० जना एसएसबी जवानहरूको सहभागिता रहने बताइएको छ।

एसएसबी डीआईजी शिवदयालले भारत भोटाङ सीमान्त क्षेत्रका महिलाहरूसँग मिलेर असल ढङ्गमा काम गर्नु रहेको जनाएका छन्।