अलिपुरद्वारः गत वर्षको नोभेम्बर महीनामा झारखण्ड राज्यबाट प्रधानमन्त्री नरेन्द्र मोदीले झण्डा देखाएर शुरु गरेको विकसित भारत संकल्प यात्रा अहिले देशभरी शुरु भइरहेको क्रममा अलिपुरद्वार जिल्लामा पनि शुरु भएको छ। बिहीबार अलिपुरद्वार जिल्लाको फालाकाटा ब्लकको जटेश्वर बजारमा विकसित भारत संकल्प यात्राको वाहन मार्फत केन्द्रको लाभकारी योजनाहरूबारे जानकारी गराइएको थियो। यस अवसरमा भाजपा सांसद तथा केन्द्रिय अल्पसंख्यक मन्त्री जोन बारला र फालाकाटा विधायक दीपक बर्मन एवम् अन्यान्यको उपस्थिति रहेको थियो।

केन्द्रिय मन्त्री जोन बारलाले विकसित भारत संकल्प यात्राको उद्देश्य केन्द्रको मोदी सरकारले दिएको सार्वजनिक परियोजनाको लाभ जनसाधारण समक्ष पुऱ्याउन रहेको बताए। उक्त अवसरमा उज्ज्वला योजना, प्रधानमन्त्री स्वनिधी योजना लगायत अन्य केन्द्रिय योजनाबारे जानकारी गराइएको थियो।








