२८ जनवरीदेखि स्वार्गीय गिदोन राई स्वर्ण कप फूटबल प्रतियोगिता शुरू हुने

IMG-20240118-WA0219.jpg

मिरिक: आगमी २८ जनवरीदेखि मिरिकको मरमा खेल मैदानमा स्वार्गीय गिदोन राई स्वर्ण कप फूटबल प्रतियोगिता शुरू हुने भएकाे छ। संयुक्त मञ्च मरमाकाे आयाेजनामा गत वर्षदेखि शुरू भएकाे उक्त फुटबल प्रतियोगिता भव्य रूपमा सम्पन्न गराउन आयाेजक समितिले तयारी गरिरहेकाे आयाेजकहरूले जानकारी गराउँदै यस बर्ष प्रतियोगितामा चर्चित १६ वटा फुटबल दलहरूले भाग लिने निश्चित भएकाे अनि प्रतियोगितामा भाग लिन चाहाने फुटबल दलहरूले आयाेजक समितिसित सम्पर्क गर्न सक्ने बताएका छन्। आयाेजकहरूले प्रतियोगिताको विजयी दललाई स्वार्गीय गिदोन राई स्वर्ण कप साथै नगदराशि पनि पुरस्कारकाे रूपमा प्रदान गरिने जानकारी गराउँदै यस वर्ष प्रतियोगिताकाे उद्धघाटनमा रङ्गारङ्ग कार्यक्रम पनि गरिने भएको छ। आयाेजक समितिले सबै फुटबल खेल प्रेमीहरूलाई मरमा खेल मैदानमा उपस्थित भएर खेलकाे आनन्द उठाई दिने अनुराेध पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement