गोरामुमोद्वारा तीनधारेमा शहीद दिवस पालन

खरसाङ: तीनधारेको चिल्ड्रेन पार्कस्थित शहीद वेदी परिसरमा गोरामुमो तीनधारेको आयोजनामा समष्टि अध्यक्ष जेबी गुरुङको अध्यक्षतामा शहीद दिवस कार्यक्रम सम्पन्न भएको छ। सर्वप्रथम अध्यक्षद्वारा शहीद वेदीमा दिप प्रज्वलन गरी शहीदहरुको सम्झनामा दुई मिनटको मौन धारण गरेपछि समष्टि मूल सचिव प्रमोद थापाद्वारा स्वागत वक्तब्य राख्दै शहीदको सपना साकार त्यही बेला हुने छ जुन दिन हाम्रो भूमिले बंगालको शोषणबाट मुक्ति पाएको हुनेछ। यसर्थ हामी प्रत्येक गोर्खाले बंगालको दास भएर होइन स्वाभिमानी भएर जिउन पर्छ। अन्त्यमा आजको अध्यक्ष जेबी गुरुङले आफ्नो वक्तब्यमा शहीदहरुप्रति नमन गर्दै आजको दिन शहीद दिवस किन मनाइन्छ यसबारे बोल्दै १९८६ को गोर्खाल्याण्ड आन्दोलनमा तत्कालीन बंगालको कम्युनिष्ट सरकारले हामीमाथि बर्बर अत्याचार गर्दै गोली टोकी कैयौंलाई निर्मम हत्या गरेको थियो। यसरी नै २०१७ को आन्दोलनमा पनि त्यही कम्युनिष्ट सरकारले हाम्रो चेली बेटी दाजु भाईको हत्या गरेको थियो। यस्तै प्रकारले २०१७ को आन्दोलनमा ममता ब्यानर्जीको नेतृत्वमा रहेको तृणमूल सरकारले हाम्रो दाजु भाईलाई गोली ठोकी हत्या गरेको थियो भन्दै उनै शहीदहरुको सम्झनामा आज शहीद दिवस पालन गरिन्छ। तर बिडम्बना के छ भने त्यही बंगालको हत्यारा सरकारको पक्षधर केही हाम्रैहरुले पनि आज शहीद दिवस मनाउँछ,म भन्छु उनीहरुलाई यो शहीद दिवस मनाउने नैतिक अधिकार छैन भनी बताएका छन्। उनले आज उपस्थित सबैलाई धन्यवाद दिए। शहीद वेदीमा विभिन्न शाखा प्रशाखा टबाट आएका पार्टीका सदस्यहरुले खादा माला अर्पण गरी शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement