एघारौं शहीद गोल्ड कप: आमुक्त परिवार सिलगढी बिजय

photocollage_2024118184753904.jpg

खरसाङ: खरसाङ गोर्खा पार्वत्य खेलकूद संघ र युवा मामिला तथा खेलकूद विभाग जीटीएको संयुक्त आयोजनामा खरसाङको चानबारी खेल मैदानमा भईरहेको ११औं संस्करणको शहीद गोल्डको आज सम्पन्न खेलमा आमुक्त परिवार सिलगढीले युकेएफसी खरसाङलाई ४-२ को अन्तरले पराजित गरेको छ। आमुक्त परिवारको जर्सी नम्बर ८ पियुष ठकुरीको उत्कृष्ट खेलको दममा आमुक्त परिवार सिलगढीले युनाईडेट खरसाङ फुटबल क्लब (युकेएफसी) लाई ४-२ गोलको अन्तरले पराजित गरेको छ। आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने आमुक्त परिवारको जर्सी नम्बर ८ पियुष ठकुरीलाई म्यान अफ् द म्याच चयन गरी आजको विशिष्ट अतिथि खरसाङ फुटबल एसोसिशनको सभापति छिरिङ खाईबाको बाहुलीबाट पुरस्कार प्रदान गरियो। त्यसरी ११औं संस्करणको शहीद गोल्ड कपमा सहभागिताको लागि युकेएफसीको टिमलाई पनि स्मृति चिन्ह प्रदान गरियो। आजको खेलमा मुख्य अतिथिको रूपमा खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु प्रधान, विशिष्ट अतिथिको रूपमा पञ्चायत समिति सदस्य बिनोद तामाङ लगायत अन्यहरू उपस्थित रहेका थिए। ११औं शहीद गोल्ड कपको भोलि शुक्रबार हुने खेल ब्राइट स्पोर्टिङ क्लब सिलगढी र युनाईटेड टुंग एफसीमाझ हुने भएको छ। आजको खेलमा रेफरीको रूपमा प्रमोद प्रधान, सह रेफरीको रूपमा सलिम गुरुङ र रिञ्छेन शेर्पा साथै फोर्थ अफिसियलमा सुजता माले रहेका थिए। यी सबैजना कोलकोता रेफरी एसोसिएशनको सदस्यहरू हुन जो जीटीए क्षेत्रकै हुन्। आजको खेल विषयमा पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको सग सचिव दिव्यत्तम अधिकारीले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *