नयॉं दिल्ली: १९-२० जनवरीमा युगाण्डाको कंपालामा हुने गुटनिरपेक्ष आन्दोलन (एनएएम) को १९औं शिखर सम्मेलनमा विदेश मन्त्री डा. एस जयशंकरले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछन्।
शिखर सम्मेलनभन्दा पहिले मन्त्री र वरिष्ठ अधिकारीहरूको स्तरमा विचार-विमर्श गरिने छ।
विदेश राज्यमन्त्री डा. राजकुमार रंजन सिंहले एनएएम विदेश मन्त्रीहरूको बैठकमा भारतको प्रतिनिधित्व गरिरहेका छन्, जुन एनएएम शिखर सम्मेलनभन्दा पहिले हुनेछ। विदेश राज्य मन्त्री वी. मुरलीधरनले २१-२२ जनवरीका दिन कंपालामा आयोजित हुने जी-७७ तेस्रो दक्षिण शिखर सम्मेलनमा भारतको प्रतिनिधित्व गर्नेछन्।