वन्यजन्तुको देहांश तस्करीको आरोपमा सिक्किमका पूर्व पुलिस अधिकारी पक्राउ

IMG-20230528-WA0320-5-300x172-6

सिलगढीः वन्यजन्तुको देहांश तस्करी गरेको आरोपमा सिक्किमका एक पूर्व पुलिस अधिकारी पक्राउ परेका छन्। मृगको कस्तुरी र उड्ने मलसाँप्रोको छाला तस्करी गर्नुअघि पूर्व पुलिस‌ अधिकारीलाई सिलगढीको एउटा होटलबाट पक्राउ गरिएको थियो। गोप्य स्रोतबाट प्राप्त जानकारीका आधारमा उक्त पूर्व पुलिस अधिकृतलाई आज उत्तरबंगाल विश्वविद्यालय अगाडिको होटलबाट पक्राउ गरिएको हो।
अभियुक्तको नाम डेनी भोटिया बताइएको छ भने उनी सिक्किम पुलिसका डीएसपी थिए। खबर पाएलगत्तै बागडोगरा रेन्जका वन अधिकारीहरूले अपरेशन गरी मृगको कस्तुरी र फ्लाइङ्ग स्क्विरलको छाला बरामद गरेका थिए। वन्यजन्तु शवको अनुमानित बजार मूल्य करिब तीन करोड रुप रुपियाँ रहेको बताइएको छ। आरोपी सिक्किम गान्तोकका बासिन्दा हुन्। सोधखोजमा वन्यजन्तुको देहांश नेपालबाट ल्याएको र यसलाई दिल्ली तस्करी गर्ने योजना रहेको बन विभागले थाह पाएको जनाएका छन्।

About Author

Advertisement