जलपाईगढ़ी १२ नम्बर वार्डका बासिन्दाहरुले कोतवाली थानामा दियो ज्ञापन

IMG-20240118-WA0160.jpg

जलपाईगढ़ी। बढ्दो‌ लागुऔषधीको अवैद्य धन्धा रोक्न र लागुऔषधीको दुर्व्यसनमा फसेका युवा जमातलाई बचाउनको लागि जलपाईगढ़ी नगरपालिकाको १२ नम्बर वार्डका बासिन्दाहरुले बुधबार साँझ जलपाईगढ़ी कोतवाली थानामा ज्ञापनपत्र बुझाए।
१२ नम्बर वार्डका जयन्तीपाडाका युवाहरु लागुऔषधी र ब्राउन सुगरको लतमा फसेको स्थानीयवासीले बताएका छन्। स्टेशन परिसरदेखि हाईस्कुल मैदानसम्म लागुऔषधी र ब्राउन सुगरको अवैध कारोबार हुने गरेको जयन्तीपाडाका बासिन्दाको गुनासो छ।
युवाहरू यसको सिकार भइरहेका छन् र आफ्नो लत पूर्ति गर्नका लागि यस क्षेत्रमा चोरी, लुटपाटको घटनामा वृद्धि भईरहेको स्थानीय बासिन्दाहरुले जनाएका छन्।
यसरी गैरकानुनी धन्धा हुने क्षेत्रमा महिलाहरु हिड्न डराईरहेको अवस्थाले गर्दा जयन्तीपाडाका ३० जना बासिन्दाहरुले एसपी कार्यालय पुगेर ज्ञापनपत्र बुझाए। यस घटनालाई पुलिसले गम्भीरतापूर्वक लिन ज्ञापनकारीहरुले आग्रह गरे। ब्राउन सुगरको लतले नयाँ पुस्तालाई बर्बाद गरिरहेको स्थानीय महिला मीना दासले बताएकी छन् भने केटासँगै केटीहरू पनि यो जालमा फसेका देख्नु पाएका तिनले बताएकी छन्।
पैसा तिर्न नसकेपछि लागुऔषधी दुर्व्यसनमा फसेका युवाले परिवारका सदस्यलाई समेत कुटपिट गरेको घटना प्रकासमा आएकोले पुलिस एसपी ज्ञापन दिन बाध्य भएको स्थानीय बासिन्दाहरुले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement