विविध कार्यक्रमसहित सड़क सुरक्षा जागरूकता सप्ताह सम्पन्न

n5753042341705577058568eeab5f1a5bb1385475f42a96372efdda23716270149915c31d27c476857422bf.jpg

गान्तोक: गान्तोक र पाकिमको ट्राफिक शाखाले नेहरू युवा केन्द्र, गान्तोकको संयुक्त तत्वावधानमा गत ११ जनवरीदेखि १७ जनवरीसम्म सड़क सुरक्षा जागरूकता सप्ताह आयोजन गऱ्यो।

यस सप्ताहव्यापी जागरूकता कार्यक्रम अवधि चानमारी स्ट्याण्ड, वज्र स्ट्याण्ड, देवराली स्ट्याण्ड, सिलगढी स्ट्याण्ड र डीएसीका चालकहरूलाई सड़क सुरक्षाको बारेमा जागरूक गर्ने कार्य गरियो।

यस क्रममा स्वामी विवेकानन्दको १६१औं जयन्तीको अवसरमा पालन गरिने राष्ट्रिय युवा दिवस टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयको प्रेक्षागृहमा पालन गरियो। यस अवसरमा गान्तोक र पाकिम जिल्लाका युवाहरूलाई लिएर सांस्कृतिक कार्यक्रम र विभिन्न प्रतियोगिताहरू आयोजन गरिएको बताइएको छ।

About Author

Advertisement