एनडीपीएस एक्ट अन्तर्गत एकजना युवक पक्राउ

IMG-20240118-WA0122.jpg

कालचिनी: भारत भोटाङ सीमान्त सहर जयगाउँमा बढ़दो अवैद्य ड्रग्स धन्धालाई लगाम लगाउन जयगाउँ थानाको पुलिसबल लागिपरेको क्रममा बुधबार एउटा गोप्य सूचनाको आधारमा जयगाउँ थानाको पुलिसबलले जयगाउँ छोटा मेचे बस्ती निवासी अनूप छेत्रीलाई तिनकै घरबाट अवैद्य एसपी क्यापसुल ६१४ पीस र ११ फाइल कफ सीरप सहित पक्राउ गरेपछि आज एनडीपीएस एक्ट अन्तर्गत अलिपुरद्वार जिल्ला अदालतमा पठाएको जयगाउँ थाना प्रभारी टीएन लामाले जनाएका छन्।
अवैद्य नशालु ट्याबलेट र क्यापसुल एवम् कफ सीरपको धन्धामाथि रोक लगाउन लगातार पुलिसले अभियान चलाईरहेको क्रममा अनूप छेत्रीलाई पक्राउ गरिएको र अदालतमा न्यायाधीश समक्ष पुलिस रिमान्डमा लिने निवेदन गरिने र त्यसपछि यससित सम्बन्धित जाँचलाई अझै अघि बढ़ाईने पुलिस सुत्रले जनाएका छन्।
आरोपी अनूप छेत्रीले आफ्नै घरमा अवैद्य नशालु ट्याबलेट र क्यापसुल अनि कफ सीरप बिक्री गर्दै आईरहेको जानकारी पाएर तिनलाई रंगेहात पक्राउ गरिएको र जयगाउँ क्षेत्रमा ड्रग्स विरुद्ध अभियान जारी रहने जयगाउँ थाना प्रभारी टीएन लामाले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement