भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन: अजय एडवाडर्स

IMG-20240118-WA0109.jpg

दार्जीलिङ: भारत जोडो न्याय यात्रामा सामेल हुन काग्रेसी हुन पर्दैन यो भनाई हाम्रो पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्सको हो। काग्रेस संसद राहुल गाँधीले गत १४ जनवरीदेखि मणिपूर राज्यको राजधानी इम्फालदेखि भारत जोडो न्याय यात्रा शुरू गरेको छ। काग्रेस संसद राहुल गाँधीको भारत जोडो न्याय यात्रामा सामेल हुन हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स १३ जनवरीको दिन इम्फाल प्रस्थान भएका थिए अनि उनीसंग पार्टी कार्यकर्ता एंव समर्थकहरू सामेल रहेका छन। काग्रेसको भारत जोडो न्याय यात्रा नागाल्याण्ड पूगेका छन। काग्रेस संसद राहुल गाँधीसंग संगै हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले पनि कदममा कदम मिलाउँदै भारत जोडो न्याय यात्रामा सहभागिता जनाउँदै आई रहेका छन। यसै संदर्भमा हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले भारत जोडो न्याय यात्रामा सामेल हुन तपाई हामी कोही पनि काग्रेसी हुन पर्दैन तिनले भने।तिनले अझ भने मैले सीएए र एनआरसीको विरोध शुरूदेखि नै गर्दै आएको हो तर म मुस्लिम होइन।किशानहरूको आन्दोलनलाई पनि मैले मेरो अन्तरात्मादेखि समर्थन जनाएको हो तर म किशान पनि होइन।म जहिले पनि प्रेस स्वतन्त्रताको कुरा गर्छु, प्रेस स्वतन्त्रताको सुरक्षा हुन पर्छ भन्दै आई रहेको छु तर पत्रकार होइन।दलित र जन जातिहरूमाथि दिन प्रति दिन भई रहेको अन्याय र अत्यचारको विरोध गर्दै आई रहेको छु, महिलाहरूमाथि भई रहेको अन्याय अत्यचारको विरोध गर्दै आई रहेको छु, दलित, जनजाति साथै महिलाहरूमाथि भई रहेको अन्याय र अत्यचारको विरोध गर्न तपाईहरू मणिपूर नै जानु पर्छ भन्ने छैन, राजनैतिक दलको हिस्सा भएर खडा हुन पर्छ छैन अध्यक्ष एडवाडर्सले भने।

About Author

Advertisement