लड़ाकू अफगानिस्तान विरुद्ध दोस्रो सुपर ओभरमा भारतको रोमाञ्चक जीत

IMG-20240118-WA0008.jpg

बेंगलुर: चरम रोमाञ्चले भरिएको तेस्रो टी२० अन्तर्राष्ट्रिय क्रिकेट म्याचमा आयोजक भारतले अफगानिस्तानले दोस्रो सुपर ओभरमा पराजित गऱ्यो। यस जीतको साथै भारतले तीनवटा म्याचको टी२० सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। एम चिन्नास्वामी स्टेडियममा बुधवार खेलिएको म्याच चरम रोमाञ्चक रह्यो, जसमा दुईपल्ट स्कोर टाई रह्यो। म्याचमा टस जितेर पहिला ब्याटिंग गर्दै भारतले कप्तान रोहित शर्माको रेकर्ड पाँचौं शतकको सहायताले २० ओभरमा ४ विकेट गुमाएर २१२ रन बनायो। म्याचमा एक समय त भारतले केवल २२ रनमा शीर्ष ४ विकेट गुमाइ सकेको थियो तर रोहितले रिंकू सिंहसँग पाँचौं विकेटको निम्ति केवल ९३ बलमा १९० रनको पार्टनरशीप गरेर भारतलाई विशाल स्कोरसम्म पुऱ्याए। रोहितले ११ वटा चौका र ८ वटा छक्काको साथ ६९ बलमा अविजित १२१ रन बनाए। यसरी रिंकूले ६ वटा छक्का र २ वटा चौकाको साथ ३९ बलमा अविजित ६९ रन बनाए। अफगानिस्तानबाट फरीद अहमदले सर्वाधिक ३ विकेट लिए। जवाफमा अफगानिस्तानले पनि २० ओभरमा ६ विकेट गुमाएर २१२ रन नै बनाउँदा म्याच टाई भयो। अफगानिस्तानबाट रहमानुल्लाह गुरबाजले ५०, कप्तान इब्राहिम जादरानले ५० र गुलबदीन नईबले अविजित ५५ रन बनाए। मोहम्मद नबीले ३४ रनको योगदान दिए। भारतीय बलरहरूमा वाशिंगटन सुन्दरले सर्वाधिक ३ विकेट लिए।

यसरी म्याच टाई हुँदा सुपर ओभर शुरु भयो। सुपर ओभरमा अफगानिस्तानले पहिला ब्याटिंग गर्दै ६ बलमा १६ रन बनायो। जवाफमा भारतले पनि ६ बलमा १६ रन नै बनाउँदा दोस्रो सुपर ओभर गराइयो। दोस्रो सुपर ओभरमा भारतले ५ बलमा ११ रन बनाएर दुवै विकेट गुमायो। जीतको निम्ति १२ रनको लक्ष्यलाई पछ्याउँदै अफगानिस्तानले केवल १ रन बनाएर आफ्नो दुवै विकेट गुमाउँदा भारतले रोमाञ्चक जीत हासिल गऱ्यो। आउँदो जून महिना हुने टी३० विश्व कप अघि यो भारतीय टीमको अन्तिम टी२० अन्तर्राष्ट्रिय म्याच हो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *