मुख्यमन्त्री तामाङले जनाए प्रार्थना महोत्सवमा सहभागिता

IMG-20240117-WA0302.jpg

समाज उत्थानको निम्ति युवाहरू अघि आउनु पर्छः मुख्यमन्त्री प्रेमसिंह तामाङ

पाकिम: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज पाकिम जिल्लाको सेण्ट जेभियर स्कूल मैदानमा आयोजित एकदिने सिक्किम प्रार्थना महोत्सव २०२४ मा सहभागिता जनाए। रोमन क्याथोलिक धर्म मण्डली सिक्किमद्वारा आयोजित प्रार्थना महोत्सवमा सिक्किम अनि सिक्किमेली जनसमुदायको शान्ति अनि समृद्धिको प्रार्थना गरियो।

प्रार्थना महोत्सवमा आफ्नो संक्षिप्त सम्बोधनमा मुख्यमन्त्री तामाङले सिक्किम अनि सिक्किमेली जनसमुदायको हितको लागि प्रार्थना गरिदिएकोमा विशिष्ट विशप र फादरहरूप्रति कृतज्ञता व्यक्त गरे। ईश्वरसँग कुराकानी गर्ने मार्ग प्रार्थना रहेको विचार पोख्दै मुख्यमन्त्री तामाङले यसलाई धार्मिक रूपमा गर्नुपर्ने बताए। यसले हामीलाई हाम्रो जीवनमा कुनै पनि अवरोधहरूको सामना गर्न आत्मशक्ति प्रदान गर्ने मुख्यमन्त्रीले विचार पोखे।

सामाजिक अनि सामुदायिक सेवाहरूमा सामेल हुनाले आन्तरिक शान्ति प्राप्त गर्न सहयोग मिल्ने, जुन कोही पनि मानिसको निम्ति सबैभन्दा ठूलो उपहार रहेको मुख्यमन्त्रीले मन्तव्य पोखेका छन्। उनले एकजुट भएर समाजको उत्थानका लागि युवा पुस्तालाई मार्गदर्शन गर्न पनि उपस्थित सबैलाई आग्रह गरे।

कार्यक्रममा इण्डियन क्याथोलिक युथ मुभमेण्ट्सका सदस्यहरूद्वारा भजन वाचन गरिएको थियो, त्यसपछि अभिनन्दन समारोह सम्पन्न भयो। यसअघि रेभ विशप स्टेफन लेप्चा, सिक्किमका विशप, दार्जीलिङ, कालेबुङ अनि भोटाङ आदिबाट उपस्थित इसाई समुदायका प्रतिनिधिहरूद्वारा विश्व शान्ति र राष्ट्र समृद्धिको लागि प्रार्थना गरिएको थियो।

आजको कार्यक्रममा सिक्किम विधानसभाका अध्यक्ष अरुण उप्रेती, विधायक एवं राज्यसभाका नामित सदस्य डीटी लेप्चा, विधायकगण सुनिता गजमेर, एम. प्रसाद शर्मा, जीटी ढुंगेल, जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, ईसाई धर्मवालम्बीहरू लगायत अन्यको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement