मङ्पुमा जीटीए अण्डर १५ ओपन नक आउट फुटबल टुर्नामेन्ट आयोजना गरिने

IMG-20240117-WA0284.jpg

मङ्पु: आगामी फरवरी महिनाको प्रथम सप्ताहदेखि मङ्पु विभागीय जन मैदानमा जीटीए अण्डर १५ ओपेन नक आउट फुटबल टुर्नामेन्ट अायोजना गरिने भएको छ। यो टुर्नामेन्ट मंग्पु सोम्ले युनाइटेड बोइज क्लबको तत्वावधानमा आयोजना हुनु गईरहेको छ। जीटीए क्षेत्रका सम्पूर्ण क्लबहरूलाई टुर्नामेन्टमा भाग लिन अनुरोध गरिएको छ। यस विषयमा जीटीए चिफ् अनित थापाले भने, युवाहरुले फुटबल खेल्नु पाईरहेका छन्। तर हाम्रा नानीहरूले कुनै पनि प्रतियोगितामा भाग लिनु पाईरहेका छैनन्। यिनै नानीहरूलाई प्रोत्साहन गर्न मैले जुनियर फुटबल खेल आयोजना गर्ने सुझाव दिएको थिए। त्यसै सुझावलाई मानेर जुनियर फुटबल टुर्नामेन्ट आयोजना हुनु गईरहेको छ। टुर्नामेन्टका बिजेतालाई राम्रो रकम पनि दिइनेछ। त्यो जितेको रकमले नानीहरूले फुटबलको निम्ति चाहिने समान किन्नु सक्नेछन् जसले उनीहरूलाई थप ऊर्जा दिनेछ, खेल प्रति अझ जोश बढ्ने छ।’ उनले अघि भने, ‘नानीहरूलाई फुटबलप्रति प्रोत्साहन गराउनु सक्यौं भने यही फुटबल खेलले उनीहरूलाई विभिन्न रोजगार दिलाउनु सक्नेछ। नानीहरूलाई कुलत देखि टाढो राख्नेछ। त्यसैले नानीहरू को फुटबल टुर्नामेन्ट हुनुपर्छ भनेर मैले बारम्बार जोड दिएको छु।’

About Author

Advertisement