बेलाकोवा कल सेन्टर घटनाको मास्टर माइन्ट पक्राउ

7bfee79a-19ba-4069-ad24-c50a7c32e434-1024x576.jpg

राजगञ्ज: बेलाकोवाको कल सेन्टर घटनाको मास्टर माइन्टलाई सिलगढी संलग्न आसिघर इलाकाबाट पक्राउ गरेपछि अदालतमा पेश गरेर तीन दिनको पुलिस हिरासतमा लिएको छ। पक्रा परेका व्यक्तिको नाम सौरभ दास बताइएको छ। तिनी सिलगढी संलग्न छोटा फापरी इलाका निवासी हुन्। घटनाक्रम अनुसार गत वर्ष १९ दिसम्बरमा राजगञ्ज ब्लकको बेलाकोवाको साहेबबारी इलाकाको एउटा घरमा बेलाकोवा आउटपोस्ट र राजगञ्ज थाना पुलिसले संयुक्त अभियान चलाएर कल सेन्टरको पर्दाफास गरेको थियो। यस घटनामा पाँचजना युवती र तीनजना युवकलाई पक्राउ गर्नको साथै केही मोबाइल, सिम कार्ड, दुइवटा ल्यापटप, अन्य सामग्री लगायत वाहन जफत गरेको थियो। यसपछि घटनाको जाँचमा जुटेको राजगञ्ज पुलिसले मास्टर माइन्डलाई पक्राउ गरेको छ। पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement