भारतीय जनता पार्टीले गोर्खाहरूलाई केवल भोट बैंक मात्र बनाएको रहेछ: आकाश प्रधान

Screenshot_20240117_203238_WhatsApp.jpg

दार्जीलिङ: दार्जीलिङ पहाडबासीहरूलाई जस्तै केन्द्रको भाजपा सरकारले नागाल्याण्ड राज्यको बासिन्दाहरूलाई झूठो आश्वसन दिएको रहेछ भन्ने हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता आकाश प्रधानले बताएका छन। काग्रेसद्वारा आयोजित भारत जोडो न्याय यात्राको आज तेस्रो दिन हो।न्याय यात्रा नागाल्याण्ड राज्यको फोखकचुङ जिल्लामा पूगेको हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता आकाश प्रधानले बताएका छन।प्रधानले बताए अनुसार केन्द्रको भाजपा सरकारले २०१५ मा एनएससीएन सम्झौता गरेको रहेछ तर आज ९ बर्ष विति सक्दा पनि नागाल्याण्डमा लागू गरिएको छैन रहेछ भन्ने हामीलाई स्थानीय बासिन्दाहरूले बताए। दार्जीलिङ पहाड एंव समस्त गोर्खा समुदायहरूले गत २००९ देखि भारतीय जनता पार्टीलाई समर्थन जनाउँदै संसदहरू दिन्दै आएका छौ। प्रत्येक चूनावहरूमा भारतीय जनता पार्टीले आफ्नो संकल्प पत्रमा गोर्खाहरूको दीर्धकालिन समस्याहरूलाई स्थायी राजनैतिक समाधान गरिने साथै गोर्खा समुदायको ११ जात गोष्ठीहरूलाई जन जातिमा सामेल गराउँने आदि जस्ता लिखित वाचाहरू गर्दै आई रहेको छ तर आज १४ बर्ष ११ महिना नाघी सक्दा पनि केन्द्र भाजपा सरकारले गोर्खा हरूसंग गरेको एउटै वाचाहरू पूरा गरेको छैन। केन्द्रको भाजपा सरकारले गोर्खाहरूसंग संगै समस्त देशबासी हरूलाई केवल झूठो आश्वसन दिएर भोट हत्याउँने काम मात्र गर्दै आएको रहेछ भन्ने आज हामीले थाहाँ पायौ प्रधानले भने। तिनले अधि भने मणिपूर राज्यको दुईवटा जन जातिहरू वीच विभाजन गराएको पायौ, हामीले मैती क्षेत्र छोडेर जब हामी अर्को क्षेत्रमा पूग्दा हामीलाई त्यहाको अर्को जन जातिहरूले तपाईहरू मैती हो भनेर सोधेको प्रधानले बताए। भोलीको दिनमा केन्द्रको भाजपा सरकारले दार्जीलिङ पहाडमा पनि यस्तै विभाजन ल्याउन सक्ने आकाश प्रधानले आशंका जताए। भारत जोडो न्याय यात्राको क्रममा भारतीय जनता पार्टीले हामी गोर्खाहरूलाई पनि केवल भोट बैंकको रूपमा मात्र प्रयोग गरेको रहेछ भन्ने बुझयौ। भारत जोडो न्याय यात्रामा हामी काग्रेस गठबन्धन भएर आएका होइनौ, अन्याय र अत्यचारको भुमरीमा परेको गोर्खाहरू ले न्याय पाउनु पर्छ भन्ने हेतुले हामी आएका हौ।हामी गोर्खाहरू समाजिक, आर्थिक, शैक्षिक आदि क्षेत्रहरूमा धेरै पछौटे भएका छौ,राजनैतिक क्षेत्रको विषयमाथि कुरा नगर्दा हुन्छ, त्यसैले हामी यस न्याय यात्रामा न्यायको निम्ति आएका हौ प्रधानले भने। पहाडको भाजपाको गठबन्धन साथै भाजपाको कार्यकर्ताहरूले गोर्खा जातिलाई न्याय दिलाउने विषयमाथि केन्द्रको भाजपा सरकारमाथि दबाव बनाउँने काम गर्नु होस हाम्रो पार्टी केन्द्रीय कार्यकर्ता आकाश प्रधानले अनुरोध गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *