खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत खरसाङ नगरपालिकाको वार्ड नम्बर ३ मा अवस्थित खरसाङ खम्बु राई कल्याण समितिकाे माङ्खिम (मन्दिर) मा समष्टि सभासद श्याम शेर्पाले खरसाङ ईन्जिनियरिङ विभागका ईन्जिनियरहरुसित भ्रमण गरेका छन्। खरसाङ खम्बु राई समितिले उनीहरुकाे समाज भवन साथै नालाको लागि आवेदन गरेकोले गर्दा आज सभासद श्याम शेर्पाले भ्रमण साथै विभागीय अधिकारीहरूद्वारा नापजोपको कार्य सम्पन्न गरियो। यस विषयमा सभासद श्याम शेर्पाले जानकारी गराउँदै भने, ‘खरसाङ खम्बु राई कल्याण समितिकाे तर्फबाट उनीहरुकाे समाज भवनकाे निर्माण साथै नालाकाे मरमत्तिकाे लागि आवेदन आएकोले आज म साथै विभागकाे ईन्जिनियरहरुद्वारा निरीक्षण गरियो। यस विषयमा जीटीए चिफ् अनित थापालाई रिपोर्टिङ गर्नेछु र उनकाे सरसल्लाह अनुसार कामलाई अघि लाने छु।’

आजको निरीक्षण कार्यमा विशेष खम्बु राई कल्याण समितिकाे तर्फबाट अजित राई, आशिष राई अवकाशप्राप्त कप्तान मनप्रसाद राई, बीबी राई साथै अन्य प्रतिनिधिहरु उपस्थित थिए भने समष्टिका युवाहरु दिपम थामी, महेश राई, रुपेश देवान साथै अन्यहरू उपस्थित रहेका थिए। सभासद श्याम शेर्पाले आज वार्ड नम्बर ६ अन्तर्गत आदर्श विद्यालयदेखि गाउँ पस्ने बाटो जुन डाउहिल रोडमा जोडिने बाटोकाे अवस्था खराब भएर जन गुनासो आएकोले विभागका ईन्जिनियरहरुसित निरीक्षण पनि गरेका थिए।










