स्वर्गीय धिरेन गुरूङको स्मृतिमा ७५औैं गणतन्त्र दिवस फुटबल प्रतियोगिता जारी

n575054068170549628840790e15174d7a8ef3f904845c00a0677d34e371bb6f4a75388e318f40a02919040.jpg

नाम्ची: नाम्ची जिल्लाअन्तर्गत मणिराम माध्यामिक स्कूलको खेल मैदानमा स्वर्गीय धिरेन गुरूङको स्मृतिमा ७५औैं गणतन्त्र दिवस फुटबल प्रतियोगिता चलिरहेको छ। यस प्रतियोगिताको आयोजना स्थानीय युथ फर् स्पोर्ट्सका युवाहरूले गरेका हुन्।

गत १२ जनवरीदेखि शुरू भएको यस प्रतियोगिताको आजको कार्यक्रममा एसकेएम पार्टीका उपाध्यक्ष तिलक बस्नेत मुख्य अतिथि रहेका थिए। विशिष्ट अतिथिहरूमा एसकेएम पार्टीको मल्ली समष्टिको युवा महासचिव ओटि लेप्चा, शिक्षक केके तामाङ, ठेकदार अशोक सुब्बा आदिको उपस्थिति रहेको थियो।

उल्लेखनीय छ, स्वर्गीय धिरेन गुरूङ एसकेएम पार्टीका एक होनहार युवा कार्यकर्ता थिए भने उनी सामाजिक कार्यमा पनि अघि आउँथे भनी आयोजक पक्षले बताएको छ। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको आजको प्रथम खेलमा दुईको विरूद्ध चार गोल लगाएर राङगाथाङले मगर सेभेनलाई पराजित गऱ्यो। दोस्रो खेलमा एकको विरूद्ध दुई गोल लगाएर नाम्ची फरेस्टले बिगिनर सेभेनलाई पराजित गऱ्यो।

About Author

Advertisement