मृतकको पत्नीलाई बन विभागमा दिइयो नियुक्ति

fcc5b8da-d2d8-46cd-a531-470b82eb2162

कालचिनीः कालचिनी थाना अन्तर्गत पर्ने चिन्चुला चियाकमानका चिया श्रमिक रणजीत उराँवको मृत्यु गत बर्षको जुन महीनामा जंगली हात्तीको आक्रमणबाट भएको थियो। यसरी जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका श्रमिक रणजीत उराँवपछि परिवारमा उनको श्रीमती र भर्खरै जनंमिएका छोरा रहेको थियो।
बन विभागले सरकारी नियम अनुरूप स्वर्गीय रणजीत उराँवको श्रीमती लालो मुण्डालाई बन विभागले क्षतिपूर्ति स्वरूप नियुक्ति पत्र हस्तान्तरण गरेको बक्सा ब्याघ्र प्रकल्प पश्चिमका डीएफडी प्रवीण कासवानले जानकारी गराएका छन्। राज्य सरकारले ‘रोजगार सहायता, २०२३ द्वारा पुनर्वासको लागि पश्चिम बंगाल योजना’ अन्तर्गत विधवा लालो मुन्डालाई ‘बन स्वयंसेवीको’ काम प्रदान गरेको बन विभागले जनाएका छन्। यस पहलले स्वर्गीय रणजीत उराँवको परिवारलाई सम्मानका साथ जीविकोपार्जन गर्न मद्दत पुग्ने बन विभागको मत रहेको छ भने मानव-वन्यजन्तु द्वन्द्वका कारण मृत्यु भएका व्यक्तिको आश्रितलाई बन विभागमा जागिर दिइने प्रावधान अन्तर्गत यो पहल बन विभागले गरेको बताईएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement