छुटेका ४६५ जनालाई मुख्यमन्त्रीले एसआईआरडीमा भेट गरे

IMG-20240116-WA0248.jpg

गान्तोक: राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज जोरथाङस्थित एसआईआरडीको प्रेक्षागृहमा विद्यार्थी साथै अन्य मानिसहरूसँग भेट गर्दै उनीहरूको समस्या र गुनासो सुनेपछि समाधानको निम्ति पहल गरेका छन्।

उल्लेखनीय छ, गत केही दिनअघि उनले पिपलेस्थित आईआरबी मुख्यालयमा सालघारी जुम निर्वाचन क्षेत्रका जनतासँग दुई दिन निरन्तर भेट गरेका थिए। तर उक्त भेटको क्रममा छुटेका विद्यार्थी साथै आम मानिसहरूसँग शीघ्र भेट गर्ने वचन दिएका थिए भने आज उक्त बचन पुरा गरेका छन्। यस अवसरमा क्षेत्र विधायक सुनिता गजमेर, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

मुख्यमन्त्री तामाङले आज कूल ४६५ जना मानिसहरूसँग भेट गर्दै उनीहरूको गुनासो र समस्या सुन्दै तत्काल आफ्नो तर्फबाट गर्न सकिने समस्याको समाधान पनि गरिदिए। यसरी मुख्यमन्त्रीले छुटेकाहरूलाई भेटने बचन दिएको र बचन पुरा गरेकोमा सबैले मुख्यमन्त्रीलाई धन्यवाद दिँदै आभार प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement