गेजिङमा गणतन्त्र दिवस तयारी लिएर सभा सम्पन्न

IMG-20240116-WA0251.jpg

गेजिङ: ७५औं गणतन्त्र दिवस तयारी लिएर गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा एक सभा सम्पन्न भयो। गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल खेमराज भट्टराईको अध्यक्षतामा सम्पन्न भएको सभामा विभिन्न विभागका अधिकारीहरूले सहभागिता जनाएका थिए।

सभालाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल भट्टराईले गणतन्त्र दिवसको तयारीबारे सबै अधिकारीहरूलाई सुझाउ दिँदै विशेष गरेर सांस्कृतिक नृत्य, गीत, स्वच्छता, बस्ने बन्दोबस्त, मञ्च सजावट, विद्युत र साउण्ड सिस्टमको राम्रो व्यवस्थापन गर्नुपर्ने बताए। उक्त कार्यक्रमलाई सफल तुल्याउनको निम्ति सबै विभागका अधिकारीहरूले एक अर्कामा तालमेल राखेर काम गर्नुपर्ने उनले निर्देश दिँदै सो कार्यक्रममा सबै अधिकारीहरूको उपस्थितिको पनि अपेक्षा गरेका छन्।

About Author

Advertisement