सिक्किम विधानसभा चुनाउलाई लिएर बैठक

n5748034461705420369558a8691b028ff6935db61e5bbb285bb8245586162e0a0e23bd6435c53252792bff.jpg

पाकिम: पाकिम जिल्लाका जिल्लापाल अनि जिल्ला चुनाउ अधिकारीले जिल्ला नोडल अधिकारीहरूलाई लिएर आगामी दिनमा सम्पन्न हुने आम चुनाउलाई लिएर एक समन्वय सभा आयोजना गऱ्यो। उक्त सभाम विशेष गरेर चुनाउ अधिकारीहरूको भुमिका साथै जिम्मेवारीलाई लिएर छलफल गरियो।

सो सभामा जिल्ला नोडल अधिकारी पाकिम जिल्लाका वरिष्ठ पुलिस अधिक्षक कर्मा ग्याम्छो भोटिया, अतिरिक्त जिल्लापाल (विकास) रविन सेवा, महकुमा अधिकारी (मुख्यालय) महेन्द्र छेत्री लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।

सभालाई सम्बोधन गर्दै जिल्लापाल टाशी छोपेलले आगामी आम चुनाउ २०२४ सम्बन्धी विभिन्न कार्यहरूका लागि नोडल अफिसरहरूको भूमिका र जिम्मेवारीबारे जानकारी गराए। यसका साथै उनले आगामी आम निर्वाचनलाई सहज रुपमा सम्पन्न गर्नका कारक र चुनौतिहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिदै प्रत्येक विभागमा जनशक्तिबारेमा अवगत गराए।

About Author

Advertisement