गोर्खा शहीद च्यालेञ्ज फूटबलः गोर्खा बोइज च्याम्पियन

२७ जुलाईः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आयोजित पहिलो गोर्खा शहीद च्यालेञ्ज ट्रफी सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टमा खरसाङको गोर्खा बोइज च्याम्पियन भयो। स्थानीय मण्टिभियट खेल मैदानमा आज भएको हाई स्कोरिंग फाइनलमा गोर्खा बोइजले सुकनाको आयुष सेभेनलाई ८-४-ले पराजित गऱ्यो। म्याचमा शुरुमै गोल हासिल गरे पनि आयुष सेभेनले बढ़तलाई कायम राख्न सकेन। असल लयमा रहने गोर्खा बोइजले रहल समयमा गोलको वर्षा गऱ्यो। मध्यान्तरसम्म गोर्खा बोइज ३-२-ले अघि रहेको थियो भने दोस्रो हाफमा टीमले अझ ५ गोल थप्यो। गोर्खा बोइजबाट गणेश लिम्बु एक्लैले ह्याट्रिकसहित ५ गोल गरे। यसबाहेक सिद्धान्त छेत्रीले २ र निवास राणा (घोड़ा)-ले १ गोल गरे। यसरी नै आयुष सेभेनबाट सेमुएल छेत्री, अरुण तामाङ, निकुल तामाङ र अभिषेक ठाकुरीले गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। व्यक्तिगत पुरस्कारहरूमा म्याचमा ५ सहित टुर्नामेण्टमा जम्मा १२ गोल गर्ने गणेश लिम्बुलाई प्लेयर अव द म्याच अनि सर्वाधिक स्कोररको पुरस्कार प्राप्त भयो। यसरी नै आयुष सेभेनका अरुण तामाङले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement