राष्ट्रिय अध्यक्ष डा. मुनिष तामाङको उपस्थितिमा खरसाङमा भारतीय गोर्खा परिसंघको सांगठनिक सभा सम्पन्न

खरसाङ: आज खरसाङमा भारतीय गोर्खा परिसंघको राष्ट्रीय अध्यक्ष डा. मुनिष तामाङको उपस्थिति साथै उनकै अध्यक्षतामा सभा सम्पन्न भएको छ। भारतीय गोर्खा परिसंघको खरसाङ क्षेत्रीय समितिलाई लिएर सम्पन्न उक्त सभाको मुख्य उद्देश्य आगामी दिनमा आसामको कोकराझारमा हुन लागेको त्रैवार्षिक सम्मेलन विषयमा चर्चा परिचर्चा गर्न अनि उक्त सम्मेलनमा खरसाङ क्षेत्रबाट पनि सहभागिता जनाउने विषयमा चर्चा परिचर्चा गरिएको छ। सभालाई भागोप खरसाङ क्षेत्रीय समितिको सचिव देविका मंग्राती राईले सञ्चालन गरेका थिए भने सभामा भागोप राष्ट्रीय अध्यक्ष डा. मुनिष तामाङ, केन्द्रीय सांगठनिक सचिव आकाश लामा लगायत खरसाङका प्रतिनिधिहरूले पनि वक्तव्य राखेका थिए। वक्तव्यको क्रममा खरसाङको विभिन्न क्षेत्रहरू जस्तै खरसाङबाट नर्बु छिरिङ, तिलक शर्मा, खरसाङ क्षेत्रीय समितिको सभापति सहदेव चामलिङ, मुख्य सल्लाहकार आशा मुखिया लामा, दिलरामबाट डीके राई, तीनधारेबाट शान्ति तामाङ, घैयाबारीबाट शुभंकर सुब्बा, मामरिङबाट छेकी शेर्पा आदिले वक्तव्य राखेका थिए।

सभापछि पत्रकारहरूसित कुराकानी गर्दै भारतीय गोर्खा परिसंघको राष्ट्रीय अध्यक्ष डा. मुनिष तामाङले शहीद दिवसको अवसरमा शहीदहरूलाई श्रध्दाञ्जली अर्पण गर्दै आजको सभा विषयमा जानकारी गराएका छन्। उनले बताए अनुसार अाज खरसाङमा भागोपको सांगठनिक गतिविधिहरू र आगामी महिनामा आसाममा हुने त्रैवार्षिक सम्मेलन विषयमा चर्चा परिचर्चा गर्न र यहाँबाट के कति प्रतिनिधिहरू जाने विषयमा पनि चर्चा परिचर्चा गरिएको जानकारी गराएका छन्। उनले भारतीय गोर्खा परिसंघले सबै संघ संस्थाहरूसित मिलेर गोर्खाहरूको हितमा कार्य गर्ने बताउँदै अहिलेसम्म भागोपले गरेको कार्यहरू विषयमा संक्षिप्तमा जानकारी गराएका छन्। उनले भारतीय गोर्खा परिसंघले भारतीय गोर्खाहरूको लागि र नेपाली भाषाको लागि विशेष कार्य गरेको र गरिरहने पनि बताएका छन्।

About Author

Advertisement